Logo
Logo

मल्टिप्लेक्स हलबाट उत्रियो अनमोलको फिल्म ‘२.० छड्के’



अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ।

यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक-एक शो उपलब्ध गराएको छ।

अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो।

यसैदिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो।

वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएको छ। यो फिल्म करिब ३ करोड लगानीमा बनेको हो।

यसअघि उनले फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएका बताएका थिए।

‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ। हामीले छायांकन सुरू भएदेखि पैसा दिन्छौं। तर फिल्म नै पूरा भएको छैन रहेछ। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्,’ उनले भनेका थिए।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।