Logo
Logo

निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य



निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडाैँ । निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो ।

जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पुर्‍याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले रणनीतिको मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागिएको जानकारी दिए । निर्यात प्रवर्द्धन गरी आयात न्यूनीकरण गर्ने लक्ष्यसहितको रणनीति स्वीकृत भएपछि कार्यान्वयनमा आउने उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।