Logo
Logo

कोशी प्रदेशले ललित र दिपेशलाई नगद पुरस्कार दिने



 

 

 

कोशी प्रदेशले ललित र दिपेशलाई नगद पुरस्कार दिने

 

कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका ललित राजवंशी र दिपेश कँडेललाई एक लाख ११ हजार १११ रुपैयाँ दिने भएको छ।

 

आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग २ अन्तर्गत युएईलाई हराउँदै विश्वकप छनोटमा टोली पुग्न सफल भएकोमा प्रदेश सरकारले दुई जना खेलाडीलाई सम्मानित गर्न लागेको हो।

 

सोमबार बसेको प्रदेशको खेलकुद विकास बोर्डले उक्त निर्णय गरेको हो।

 

दुबै जनालाई एक लाख ११ हजार १११ रुपैयाँ दिने निर्णय गरेको हो। उनीहरूलाई विराटनगर महानगरपालिकाले पनि नगद पुरस्कारको घोषणा गरेको छ।

 

उनीहरूलाई नगद १ लाख १ हजार पुरस्कार दिन लागेको हो। विराटनगरका ललित राष्ट्रिय टोलीका र दिपेश यु–१९ टोलीका सदस्य हुन्।

 

गएको आइतबार आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए।

 

फाइनल सरहको युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए।

 

कँडेलले यु–१९ विश्वकप छनोटको फाइनलमा युएईविरूद्ध ह्याट्रिक गरेपछि नेपाल यु-१९ विश्वकपमा पुगेको छ।

 

 


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।