Logo
Logo

मेयर हर्क साम्पाङविरूद्ध भोलिदेखि ‘संघर्ष गर्ने’ वडाध्यक्षहरूको तयारी 



 

 

मेयर हर्क साम्पाङविरूद्ध भोलिदेखि ‘संघर्ष गर्ने’ वडाध्यक्षहरूको तयारी

 

 

धरान उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पाङविरूद्ध मंगलबारदेखि संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन्।

 

वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत् निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै २४ घन्टाभित्र माफी माग्न अल्टिमेटम दिएका थिए।

 

सोमबार साँझ ५ बजे उनीहरूको अल्टिमेटमको समय सकिँदा पनि मेयर साम्पाङले माफी नमागेको भन्दै वडाध्यक्षहरूले संघर्ष अनिवार्य बनेको बताएका हुन्।

 

‘भोलि बिहान ७ बजे हामी बैठक बस्छौं र संघर्षका कार्यक्रम घोषणा गर्छौं’, वडाध्यक्ष मनोज भट्टराईले भने।

 

धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न भनेका थिए।

 

स्वकीय सचिवालयका कर्मचारी सुदर्शन लिम्बूले लेटरप्याडमा वडाअध्यक्षहरूलाई वडाका योजना र तिनको प्रगति विवरण पेश गर्न निर्देशनात्मक पत्राचार गरेको आरोप वडाध्यक्षहरूको छ।

 

यही विषयले धरानका जनप्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको छ।

 

 


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।