Logo
Logo

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य



 

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

 

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।

 

 

 


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।