Logo
Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 

काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका-९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

कञ्चनपुर, ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन   निमित्त कोशी प्रदेश प्रहरी

      पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या      

  जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण   दार्चुला ।