
सेनाले गर्यो सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार
काठमाडौँ । नेपाली सेनाले सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको छ । नेपाली सेनाका अनुसार गत माघ १४ देखि फागुन १३ गतेसम्म सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको हो जसअनुसार पूर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पूर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदूरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो